धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍यो चारजनाको उद्दार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍यो चारजनाको उद्दार

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०७८, मंगलवार

    काठमाडौं । धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो ।

    तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।