विश्वभर कोरोना संक्रमितको संख्या बढ्दो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    विश्वभर कोरोना संक्रमितको संख्या बढ्दो

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०७८, बुधबार

    एजेन्सी । विश्वभर कोरोना संक्रमित हुनेको संख्या लगातार वृद्धि भइरहेको छ। पछिल्लो पटक विश्वमा २१ लाख भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन साढे चौध लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

    अमेरिकामा मात्र ५ लाख ६७ हजार भन्दा बढीमा संक्रमण भएको छ। यस्तै‚ फ्रान्समा २ लाख ७१ हजार, बेलायतमा २ लाख १८ हजार, इटालीमा १ लाख ७० हजार तथा स्पेनमा १ लाख १७ हजार भन्दा बढी संक्रमित भएका छन् ।

    योसँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या २९ करोड ५४ लाख नाघेको छ । यस अवधिमा विश्वभर मृत्यु ६ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकमा झण्डै दुई हजार जनाले ज्यान गुमाए ।

    यस्तै सो अवधिमा विश्वमा संक्रमणमुक्त हुनेको संख्या ७ लाख १३ हजार भन्दा बढी रह्यो ।