ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिलिया स्कुटर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिलिया स्कुटर

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०७८, बुधबार

    काठमाडौ । लोकप्रिय नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन गरेको दशैं-तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्रमा आयुष्मा भट्टले स्कुटर जित्न सफल भएकी छिन् ।

    भट्टलाई राजधानी स्थित अप्रिलियाको स्कुटरको सोरुममा स्कुटर हस्तान्तरण गरिएको छ ।

    ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट ग्यापु डट कम मार्फत अर्डर गर्न सकिन्छ ।

    ग्राहकले सामान खरिद गर्दा इ–सेवा, प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, खल्ती र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन् ।

    त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।