बालविवाह मुद्दामा पाँच जनालाई कैद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बालविवाह मुद्दामा पाँच जनालाई कैद

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७८, सोमबार

    दमाैली । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरीवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको साेमबार इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।

    साथै उनीहरुलाई जनही रु पाँच÷पाँच हजार जरीवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिए ।

    उहाँका अनुसार गोरखाको शहीद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरीवानाको फैसला भएको छ । दुई जनाको नाम भने खुलाइएको छैन । प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।