एमसिसिको दुलेगौडामा विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    एमसिसिको दुलेगौडामा विरोध

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७८, बुधबार

    दुलेगाैडा । यतिबेला राष्ट्रिय राजनीतिमा निकै तरंग ल्याएको अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसिसि) विरोध तनहुँको दुलेगौँडामा पनि गरिएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल शुक्लागण्डकी नगर कमिटी र अखिल क्रान्तिकारी शुक्लागण्डकी नगर कमिटीको आयोजनामा बुधबार साँझ विरोध प्रर्दशन गरिएको हो ।

    शुक्लागण्डकी नगरपालिका गेटमा भएको विरोध कार्यक्रमा माओवादीमा आबद्ध युवाहरुले नो एमसिसि भन्दै नारा लगाएका थिए । ‘एमसिसि चाहिदैन्, देश बेच्न पाईदैन’ जस्ता नाराबाजी गरिएको थियो ।

    यथास्थितीमा एमसिसि ससंदमा टेबल गर्न लागिएको राष्ट्रघाती कदमको विरुद्धमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै माओवादी केन्द्र शुक्लागण्डकीका अध्यक्ष मनराज गुरुङले नेपालको संविधान भन्दा ठुलो विदेशी सहायता नभएको बताए । उनले अगाडी थप्दै भने, ‘विदेशी साहयताको नाममा हामीले हाम्रो अस्मिता बेच्न सक्दैनौँ । यसमा माओवादी केन्द्र सदैव अडिग रहेको छ । कुनै पनि बखतमा सरकारबाट बाहिरन पर्छ भने पनि पार्टी बाहिरन तयार हुनुपर्छ । मन्त्री पद ठुलो कुरो हैन् । देश, संविधान र सार्वभौमसत्ता ठुलो हो ।’ एमसिसि पास हुन नदिनलाई सत्ता छाडेर सडकममा निस्कन केन्द्रिय नेताहरुलाई उनको अनुरोध थियो ।

    वाइसिएलका केन्द्रिय सदस्य शरण सापकोटाले एमसिसिका केही बुदाँ राष्ट्रघाती रहेको बताए । उनले नेपालको संविधानसँग बाझिएकाले यथास्थितीमा एमसिसि पास गर्न नहुने दाबी गरे । ‘संसदबाट मात्रै हैन् । नेपालको राष्ट्रिय राजनीतिबाट पनि तुरुन्त एमसिसि खारेज हुनुपर्छ’, उनले भने ।