दमाैली । डिभिजन वन कार्यालय तनहुँ प्रदेश सरकारबाट उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रदेश सरकार मातहत जिल्लास्तरमा रहेका कार्यालयमध्ये डिभिजन वन कार्यालय तनहुँ सर्वोत्कृष्ट घोषित हुन सफल भएको हो ।
नमूना कार्यालय मापदण्ड, २०७६ बमोजिम यस वर्षको नमूना कार्यालयको रुपमा डिभिजन वन कार्यालय तनहुँलाई घोषणा गरिएको हो । प्रदेश सरकारको चौथो स्थापना दिवसको अवसरमा बुधबार वन कार्यालय उत्कृष्ट भएको घोषणा गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । वन कार्यालय गत वर्षको पनि उत्कृष्ट कार्यालय हो ।