आचार्यलाई मिश्र स्मृति पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आचार्यलाई मिश्र स्मृति पुरस्कार

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७८, बुधबार

    दमौली । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले वर्ष २०७८ को स्मृति पुरस्कार तनहुँ शुक्लागण्डकीका स्रष्टा शेषमणि आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ ।

    साहित्यिक र सांस्कृतिक क्षेत्रबाट मुलुकको रुपान्तरणमा उनले गरेको योगदानको मूल्याङ्कन गर्दै पुरस्कार दिन सिफारिस गरिएअनुसार अनिल पौडेलको अध्यक्षतामा रहेको प्रतिष्ठानको नेतृत्वले सो निर्णय गरेको छनोट समितिका संयोजक डा फणीन्द्रराज निरौलाले जानकारी दिए । छनोट समितिमा साहित्यकार राम विनय र सुनोचना मानन्धर रहेका थिए। क्रान्तिकारी कवि मिश्रको स्मृतिमा प्रतिष्ठानले हरेक वर्ष पुरस्कार दिँदै आएको छ ।

    यसैगरी २०७७ को पुरस्कार भने अर्घाखॉचीका शान्ता मानवीलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारको राशि जनही रु २१ हजार रहेको छ ।