दमाैली । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रदेश सभा २ ले सदस्य तथा आमन्त्रित सदस्य मनोनित गरेको छ । शनिबार बसेको प्रदेशसभा समितिको बैठकले ऋषिङका बसन्ती थापा र भिमादकी ज्योति गैह्रेलाई सदस्यमा मनोनित गरेको हो ।
त्यस्तै ऋषिङका रिमबहादुर आले, तीर्थराज रानाभाट, भिमादकी देवी अधिकारी र ज्ञानबहादुर थापालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको सभापति इन्द्र आलेले जानकारी दिए ।
बैठकले फागुन १९ गते प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने र आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।