क्षेत्रीय होटल सङ्घ तनहुँको अध्यक्षमा शाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्षेत्रीय होटल सङ्घ तनहुँको अध्यक्षमा शाही

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७८, बिहीबार

    दमाैली । क्षेत्रीय होटल सङ्घ तनहुँको अध्यक्षमा जीवन शाही सर्वसम्मत चयन भएका छन् । सङ्घको बिहीबार सम्पन्न अधिवेशनले शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    सङ्घको वरिष्ठ उपाध्यक्षमा विकास खनाल, प्रथम उपाध्यक्षमा चन्द्रकुमार कायस्थ र विपिन प्रधान, महासचिवमा रामचन्द्र खड्का, कोषाध्यक्षमा विज्ञान कैनी र सचिवमा सुनिता पन्थ चयन भएको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।

    सङ्घको सदस्यहरुमा लक्ष्मण जोशी, गणेश खत्री, सुनिल खड्का, सुरज गुरुङ, विनिता सेढाई क्षेत्री, सुजना श्रेष्ठ, भावना अधिकारी, इश्वर लामिछाने र सुनिल बहादुर अधिकारी चयन भएका छन् ।

    अधिवेशनको उद्घाटन गर्दै होटल एसोसिएसन नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले पर्यटन क्षेत्रको विकास र उत्थानका लागि होटल एसोसिएसन हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताए ।

    कार्यक्रममा तनहुँ उद्योग बाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय होटल सङ्घ तनहुँका सल्लाहकार एवं चेम्बर अफ कमर्सका अध्यक्ष महेन्द्रमोहन भट्टराई, हानका केन्द्रीय सदस्य युवराज श्रेष्ठ, लव कार्की लगायतले मन्तव्य राखेका थिए ।

    सङ्घले विधान परिमार्जन गरी क्षेत्रीय होटल सङ्घ तनहुँलाई होटल सङ्घ तनहुँ बनाएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष खनालले जानकारी दिए ।