वडाध्यक्षको निधनमा गाउँपालिकामा शोक विदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    वडाध्यक्षको निधनमा गाउँपालिकामा शोक विदा

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०७८, आईतवार

    दमाैली । तनहुँको देवघाट गाउँपालिकाले वडा नम्बर ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य किर्तीमान आलेको निधनमा शोक विदा दिने निर्णय गरेको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएका आलेको शोकमा गाउँपालिकाले फागुन १६ गते शोक विदा दिने निर्णय गरेको हो ।

    गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट शोक विदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए । उक्त दिन गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।

    बिहीबार वडा कार्यालयबाट घर फर्किदै गर्दा भिरबाट खसेर मृत्यु भएका आलेको शव आज भेटिएको थियो ।