दमौली । नेवा: देय दवु भानु नगर समन्वय समितिको अध्यक्षमा सु. गणेशमान श्रेष्ठ चयन भएका छन् । समन्वय समितिको शनिबार सम्पन्न दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयॉ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट समितिको उपाध्यक्षमा मोतिलाल प्रधान, सचिवमा सुमन श्रेष्ठ चयन भएका छन् ।
नेवा देय दवु तनहुँ नेवा खलका अध्यक्ष क्या. तारालाल मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, नेकपा एसका केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ, व्यासका पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, भानु-९ का वडाध्यक्ष निलमसन्जिवा श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।