दमौली । नेपाली काङ्ग्रेस तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘घर घर जाऔं ः काङ्ग्रेस जिताऔं’ अभियान सञ्चालनको तयारी गरेको छ । तनहुँका दशवटै स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारलाई विजयी गराउन यो अभियान सञ्चालन गर्न लागिएको हो ।
अभियान सञ्चालनका लागि नेपाली काङ्ग्रेस तनहुँले शुक्रबार पार्टी कार्यालयमा विस्तारित बैठक सम्पन्न गरेको छ । बैठकमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं तनहुँका लागि खटिएका प्रतिनिधि मधु आचार्यले निर्वाचनमा काङ्ग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्नेमा जोड दिए ।
अभियान सञ्चालनका लागि सबै स्थानीय तहमा प्रतिनिधि तोकिएको छ।