दमाैली । व्यास नगरपालिकाको आयोजनामा जारी मेयर उपमेयर कप फुटबल प्रतियोगितामा छात्रातर्फ सत्यवती र निर्मल माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा वाराही आवासीय माध्यमिक विद्यालयलाई पराजित गर्दै सत्यवती फाइनलमा प्रवेश गरेको हो ।
सत्यवती ४–० गोल अन्तरले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । सत्यवतीका तर्फबाट झरना राईले तीन र उमिता राईले एक गोल गरेकी थिइन् ।
यस्तै निर्मल माध्यमिक विद्यालय केशवटार माध्यमिक विद्यालयलाई हराउँदै फाइनलमा प्रवेश गरेकाे छ । निर्मलले केशवटारलाई १-० ले पराजित गरेकाे निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए ।
फाइनल खेल सत्यवती र निर्मलबीच हुनेछ ।