जन्मदिनको अवसरमा आँबुखैरेनीका मिर्गौला पीडितलाई गुरुङद्वारा आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    जन्मदिनको अवसरमा आँबुखैरेनीका मिर्गौला पीडितलाई गुरुङद्वारा आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७८, शुक्रबार

    दमाैली । गोरखाको सहिद लखन गाउँपालिका–३ निवासी खुनमाया गुरुङले जन्मदिनको अवसर पारेर तनहुँको आँबुखैरेनी निवासी मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेकी छन् । गुरुङले आफ्नो ४४ औ जन्मदिनको अवसर पारेर आँबुखैरेनी गाउँपालिका–१ सत्रसय निवासी मिर्गौला पीडित लोकबहादुर थापालाई दश हजार सहयोग गरेकी हुन् ।

    विगत छ वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेको, मधुमेह र उच्च रक्तचापले समेत ग्रसित थापाको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरेको गुरुङले बताइन् ।

    आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, वडाध्यक्ष किसान थापा, सत्रसय आधारभूत स्वास्थ्य चौकीकी अनमी एवं खुनमायाकी छोरी स्वर्णिमा गुरुङ लगायतको उपस्थितिमा शुक्रबार उक्त रकम हस्तान्तरण गरिएको छ ।
    थप