ऑबुखैरेनी । तनहुँको ऑबुखैरेनी गाउँपालिकामा शनिबारदेखि योग शिविर सुरु भएको छ। ऑबुखैरेनी गाउँपालिकाको आयोजना र योग विज्ञान शिविर व्यवस्थापन समिति, पतन्जली योग समितिको व्यवस्थापनमा शिविर सुरु भएको हो ।
शिविर चैत ९ गतेसम्म सञ्चालन हुनेछ । शिविर बिहान ५ देखि ७:३० सम्म सञ्चालन हुनेछ । शिविरको पहिलो दिन गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ लगायत जनप्रतिनिधि एवं कर्मचारी समेत सहभागी भएका छन् ।
मानिस स्वस्थ रहनका लागि नियमित योग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष थापाले बताए । ‘मानिसको जीवनमा योगको महत्व छ, यसलाई निरन्तर सञ्चालन गर्नुपर्छ’ उनले भने।