भूमि आयोगको पहिलो बैठक : लगत छुट भएकालाई समेटेर काम अगाडी बढाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भूमि आयोगको पहिलो बैठक : लगत छुट भएकालाई समेटेर काम अगाडी बढाउने

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७८, सोमबार

    दमाैली । राष्ट्रिय भूमि आयोग तनहुँले लगत सङ्कलन छुट भएकालाई समेटेर काम अगाडी बढाउने निर्णय गरेको छ । आयोगले पूर्णता पाएसँगै सोमबार बसेको पहिलो बैठकले लगत सङ्कलन छुट भएकालाई समेटेर मापदण्ड पूरा भएका पालिकामा काम सञ्चालन गर्ने निर्णय गरेको हो ।

    गत फागुन २६ गतेदेखि ३५ दिनभित्र लगत छुट भएकालाई निवेदन दिन सूचना प्रकाशित भइसकेकाले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ भने मापदण्ड पूरा भएका ठाउँमा काम अगाडी बढाउने निर्णय भएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए ।