तनहुँ महाेत्सवकाे तयारी ९० प्रतिशत पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँ महाेत्सवकाे तयारी ९० प्रतिशत पूरा

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७८, मंगलवार

    दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा चैत १० गतेदेखि सुरु हुने आठौ तनहुँ महोत्सवको तयारी ९० प्रतिशत पूरा भएको छ । व्यास नगरपालिका–३ विपी वनवाटिकामा सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सङ्घले जनाएको छ ।

    महोत्सव स्थलमा स्टल निर्माण, मञ्च निर्माण र रमाइलो मेलाका काम भइरहेको सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले जानकारी दिए । रमाइलो मेलामा यसपटक नयाँ आकर्षणको रुपमा टिकटक पार्क पनि निर्माण गरिनेछ ।

    विभिन्न जातजातिका कलासंस्कृति झल्किने पाँच वटा जनजातिका घर निर्माण गरिने मल्लले जानकारी दिए । महोत्सव अवधिभर दैनिक रुपमा स्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

    मङ्गलबार महोत्सवका सल्लाहकार समितिको बैठक बसी महोत्सवका तयारीका बारेमा छलफल गरेको थियो ।