सभागृहको नाम विपी सदन राख्न नगरपालिकाको मागमा नगरवासी असन्तुष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सभागृहको नाम विपी सदन राख्न नगरपालिकाको मागमा नगरवासी असन्तुष्ट

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७८, मंगलवार

    दमाैली । दमौलीमा निर्माणको अन्तिम चरणमा रहेको जिल्ला सभागृहको नाम विपी सदन राख्न व्यास नगरपालिकाले गरेको मागप्रति नगरवासीले असन्तुष्टि जनाएका छन् । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त सभागृहको नामाकरणका लागि नगरपालिकाले समन्वय समितिमार्फत् माग गरेपछि नगरवासीले उक्त कार्यको विरोध गरेका हुन् ।

    जिल्लाको सम्पत्तिको रुपमा रहेको सभागृहलाई काङ्ग्रेस नेताको नाम राख्न गरिएको मागप्रति उनीहरुले असन्तुष्टि जनाउँदै जे कुरामा पनि राजनीति नगर्न सुझाव दिएका छन् । अधिकांश नगरवासीले सभागृहको नाम तनहुँसँगै जोडेर राख्नुपर्ने बताएका छन् । केहीले भने व्यास ऋषिको नामबाट सभागृहको नामाकरण गरिनुपर्ने माग गरेका छन् ।

    प्रतिक्रिया हेर्नका लागि तल क्लिक गर्नुहाेस्