पल शाह प्रकरण : दुवै पक्षको बहस सकियो, आजै आदेश आउने सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाह प्रकरण : दुवै पक्षको बहस सकियो, आजै आदेश आउने सम्भावना

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०७८, बिहीबार

    दमाैली । नाबागिलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि नायक पल शाह विरुद्ध दुवै पक्षबाट बहस सकिएको छ । जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट बिहीबार अदालतमा बहस भएको हो ।

    बिहीबार प्रतिवादीका तर्फबाट १२ जना कानून व्यवसायीले बहस गरेको अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिए । बहसका क्रममा उठेका प्रश्नमाथि बिहीबार जिल्ला न्यायाधीवक्ताले जवाफ समेत दिएका छन् ।

    दुवै पक्षको बहस सकिएपछि आजै शाहविरुद्ध आदेश आउने सम्भावना रहेको छ ।