पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०७८, बिहीबार

    दमाैली । तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आजको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    सोही मुद्दामा मतियारका रुपमा रहेका शाहका म्यानेजर भनिएका कृष्ण जोशीलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिए । जोशी बिहीबार साँझ नै धरौटी बुझाएर रिहा भएका छन् ।

    नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि नायक पल शाह विरुद्ध दुवै पक्षबाट बहस गरिएकाे थियाे । जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट बिहीबार अदालतमा बहस भएको थियाे ।

    बिहीबार प्रतिवादीका तर्फबाट १२ जना कानून व्यवसायीले बहस गरेको अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिए । बहसका क्रममा उठेका प्रश्नमाथि बिहीबार जिल्ला न्यायाधीवक्ताले जवाफ समेत दिएका छन् ।