दमाैली । तनहुँको दमौलीस्थित सभागृहको नाम फेर्ने निर्णयप्रति जिल्लास्थित राजनीतिक दलले विरोध जनाएका छन् । व्यास नगरपालिकाले सभागृहको नाम विपी सदन राख्न माग गरेको जिल्लासभाले विपी सदन सभागृह हल नामाकरणप्रति जिल्लास्थित राजनीतिक दलहरुले बिहीबार विज्ञप्ती प्रकाशित गरी विरोध गरेका हुन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा, नेकपा क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी तनहुँले सभागृहको नाम फेरिएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उक्त भवनको नाम बिनाकारण परिवर्तन गरिनुले सम्पूर्ण तनहुँवासीको मनमा चोट पुगेको विज्ञप्तीमा जनाइएको छ । नाम नै परिवर्तन गर्नुपर्ने भएमा सोको बारेमा राजनीतिक पार्टी वा सरोकारवालासँग वृहत्तर छलफल गर्नुपर्नेमा सो पनि नगरी स्थापित नामलाई परिवर्तन गर्न खोज्नुले अनावश्यक राजनैतिक बर्चस्व कायम गर्न खोजिएको आरोप लगाइएको छ ।