पत्रकार विश्वकर्मालाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    पत्रकार विश्वकर्मालाई सम्मान

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०७८, शुक्रबार

    दुलेगाैडा । तनहुँका पत्रकार अशोक विश्वकर्मा सम्मानित भएका छन् । दलित समुदायको अधिकार स्थापनाका लागि पत्रकारिता मार्फत भूमिका खेलेको भन्दै पत्रकार विश्वकर्मालाई बिहीबार माओवादी केन्द्रको दलित मुक्ति मोर्चा शुक्लागण्डकीले सम्मान गरेको हो ।

    दुलेगौँडामा आयोजना भएको दलित मुक्ति मोर्चाको प्रथम भेला मार्फत उनलाई सम्मान गरिएको माओबादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले बताए । गुरुङका अनुसार पत्रकार विश्वकर्माले विभेदमा परेका दलित समुदायको आवाज सञ्चार माध्याम मार्फत बाहिर ल्याएर विभेद न्यूनिकरणमा भूमिका छन् ।

    रेडियो नेपाल सहित जिल्लामा तनहुँ खबर दैनिक र शुक्लागण्डकी एफएममा कार्यरत पत्रकार विश्वकर्माले सम्मान ग्रहण गर्दै दलित समुदायले वर्तमानमा भोगेका विभेदको अवस्थालाई माओबादी पार्टीले समिक्षा गर्नुपर्ने बताए ।

    उनले विभिन्न लेख तथा रेडियो कार्यक्रम उत्पादन गरेर दलित समुदायलाई विभेद विरुद्ध जागरुक बनाउदै आएका छन् ।