दमाैली । बालिका बलात्कारको अभियोग लागेका अभिनेता पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने भएका छन् । तनहुँ अदालतले बिहीवार पललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो ।
पलका वकिलहरूले आइतवार उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी गरेका छन् । पललाई धरौटीमा छाडेर अनुसन्धान गर्नुपर्ने माग गर्दै पलका वकिलहरू उच्च अदालत जाने तयारी गरिरहेका हुन् ।
पीडितको बयान बाझिएको विषयलाई आधार बनाएर पुनरावेदन गर्ने पलका वकिलहरूको भनाइ छ ।