दमाैली । पेशागत महासङ्घ नेपाल जिल्ला समिति तनहुँको अध्यक्षमा धु्रवराज सिग्देल चयन भएका छन् । शुक्रबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा बलराम रानाभाट र पार्वती पौडेल, सचिवमा कृष्ण न्यौपाने, कोषाध्यक्षमा केदारनाथ गौतम, सहसचिवमा हममाया पुन र सदस्यहरुमा चेतबहादुर दरै, विष्णु न्यौपाने, महेशराज ढकाल, ममता रानाभाट, सुदिप गैह्रे, श्रीकान्त न्यौपाने, रिदय भट्ट, रमाकान्त खनाल, निरशा नेपाली चयन भएका छन् ।