पीएनजीसँग हार, नेपाल पहिलो पटक शृंखलामा पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पीएनजीसँग हार, नेपाल पहिलो पटक शृंखलामा पराजित

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०७८, शनिबार

    काठमाडौँ । लेगा सिएकाले ९० रनमा पपुवा न्यु गिनी (पीएनजी) ले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई ३ विकेटले पराजित गरेको छ । यससँगैं पीएनजीले दुई खेलको शृंखला पनि जितेको छ ।

    सिएकाले १ सय २ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरेपछि पीएनजीले २ सय ७९ रनको लक्ष्य पीएनजीले बल अगाडि पुरा गरेको थियो । उनले सेसे बाउसँग चौथो विकेटमा जोडेको १ सय १० रन पीएनजीको विजयको आधार बन्यो ।

    नेपालले दुई खेलको शृंखलामा २–० को पराजय भोगेको छ । नेपाल शुक्रबार पहिलो खेलमा ६ रनले पराजित भएर दुई खेलको शृंखलामा पछाडि परेको थियो । नेपालले पहिलो पटक द्धिपक्षीय शृंखला गुमाएको हो ।

    सन् २०१८ मा नेदरल्यान्ड्ससँगको शृंखला १–१ को बराबरीमा टुंगाएको नेपालले त्यसको अर्को वर्ष यूएईलाई दुबईमा २–१ ले पराजित गरेको थियो । गत वर्ष ओमानमा पीएनजीसँगको शृंखला नेपालले २–० ले क्लिनस्विप गरेको थियो ।

    पीएनजीलाई विजयी दिलाउनेक्रममा चाल्र्स अमिनीले ३० बलमा ७ चौकासहित ३५, सेसे बाउले ६९ बलमा ३८, हिरी हिरीले १३ रन बनाएका थिए । रिले हेकुरे ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरी ४८ र चाद सोपर १२ बलमा १६ रन बनाई अविजित रहे ।

    फाइल तस्वीर