दमौली । जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा गएका कलाकार पल शाहको पक्षमा पुनरावेदनको तयारी गरिएको छ। शाहका अधिवक्ताहरुले भोलि मंगलबार उच्च अदालतमा पुनरावेदनको तयारी गरेका हुन् ।
जिल्ला अदालतको आदेश चित्तबुझ्दो नभएकाले पुनरावेदनको तयारी गरिएको अधिवक्ता भानुभक्त सुवेदीले बताए । ‘आज सबै काम सकेपनि पोखरा जान नभ्याइएकाले भोलिमात्र पुनरावेदनका लागि जान्छौ,’ उनले भने ।
जाहेरीवालाको बयान बॉझिएको र शाहलाई थुनामा राख्नुपर्ने कारण नभएकाले उनलाई धरौटीमा रिहा गर्नुपर्ने मागसहित पुनरावेदन गर्न लागिएको हो।
जिल्ला अदालत तनहुँले चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उनका म्यानेजर कृष्ण जोशी भने एक लाख धरौटीमा रिहा भएका छन्।