नेकपा एस निकट मुस्लिम इत्तेहाद संगठनमा तनहुँबाट सात
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा एस निकट मुस्लिम इत्तेहाद संगठनमा तनहुँबाट सात

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७८, मंगलवार

    दमौली । नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय समितिमा तनहुँबाट सात जनाको प्रतिनिधित्व भएको छ। काठमाडौमा सम्पन्न भएको संगठनको घोषणासभाबाट केन्द्रीय समितिमा तनहुँका सात जनाले अवसर पाएका हुन् ।

    प्रतिनिधि सभा सदस्य कलिला खानले केन्द्रीय उपाध्यक्ष एवं गण्डकी इन्चार्जको जिम्मेवारी पाएकी छन् । यस्तै केन्द्रीय सदस्यमा सिद्धिक मिया, हाजी अकबर अली, शाहजहॉ बेगम, समिम मिया, मुन्ना मिया र जुलेखा खातुन चयन भएका छन् ।

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले संगठनको २५१ सदस्यीय समिति घोषणा गरेका थिए।