भानुका मेयरले पुनः मेयर हुने इच्छा देखाएनन्, वडा सदस्य हुँदै समन्वयमा आउने चाहना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुका मेयरले पुनः मेयर हुने इच्छा देखाएनन्, वडा सदस्य हुँदै समन्वयमा आउने चाहना

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७८, बुधबार

    भानु । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पुनः प्रमुख हुन अनच्छिा देखाएका छन् । बुधबार भानु नगरपालिबाट प्रमुख र उपप्रमुखको आकाङ्क्षीहरुको नामावली सङ्कलनमा गौलीले प्रमुखमा नाम दर्ता गराएनन् ।

    जिल्लामा काङ्ग्रेसबाट निर्वाचित नगरप्रमुख र गाउँपालिका अध्यक्षले पुनः दोहोरिने इच्छा व्यक्त गरेपनि गौली मात्र दोहोरिन चाहेनन् । पाँच वर्ष अल्पमतको प्रमुख बनेका गौलीले यसबीचमा केही काम गर्न नसकेको नगरवासी बताउँछन् । भानुमा बेला–बेलामा विभिन्न लफडा हुँदै आएको छ । भानुको केन्द्र सार्नेदेखि बजेट विनियोजनसम्म राजनीतिक खिचातानी छ ।

    गौली अब जिल्ला समन्वय समितिमा आउन चाहन्छन् । त्यसका लागि उनले भानु नगरपालिका–११ को वडा सदस्य हुने तयारी गरेका छन् ।