भानुका उपमेयर उम्मेदवार पाैडेल घरदैलाेमा व्यस्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुका उपमेयर उम्मेदवार पाैडेल घरदैलाेमा व्यस्त

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०७९, सोमबार

    भानु । भानु नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट उपमेयर उम्मेदवार श्रीराम पौडेलले विभिन्न वडामा चुनावी अभियान सन्चालन गरेका छन् । उपमेयरमा उम्मेदबारी दर्ता गरेपछि पौडेल मतदातालाई भेट्न गाउँ गाउँ पुग्न थालेका छन् ।

    आफ्नो अभियान निकै प्रभावकारी रुपमा सन्चालन भईरहेको र आफ्नो प्रतिबद्धताप्रति मतदाताहरु निकै उत्साहित भएको पौडेलले बताए । पौडेलले समृद्ध भानु नगरपालिका निर्माणको लागि बेरोजगारी समस्या समाधान गर्न विभिन्न सिप मुलक तालिम सन्चालन गर्ने कुरामा जोड दिएका छन् । डूाईभिङ, हाउस वयेरिङ, प्लम्बिङ, टेलरिङ, बेकरी, हेयरडूेसिङ, शेयर बजार सम्बन्धि तालिमहरु युवालाई दिन दिन सकेमा बेरोजगारको अन्त्य भई समृद्ध भानु निर्माणमा सहयोग पुग्ने
    उनको भनाई छ ।

    त्यस्तै सिप मुलक शिक्षा, राम्रो जिवनको अपेक्षा भन्ने मुल नारालाई सार्थक तुल्याउन सबै सामुदायीक विद्यालयको शैक्षिक तथा भौतिक स्तरोन्नती गरि विद्यालय र शैक्षिक संस्थालाई अभिभावकको पहिलो रोजाईको शैक्षिक संस्था बनाउने पौडेलले प्रतिबद्धता जनाए । साथै भानुलाई रोजगारमुलक शिक्षा र स्वास्थ्य क्षेत्रमा जिल्लाकै नुमना बनाईने उनको भनाई छ । आत्मनिर्भर भानु, स्वबालम्बी भानुबासीको नारालाई सार्थक बनाउन एक घर एक उद्यम कार्यक्रम सन्चालन गरि नागरिकको प्रतिव्यक्ति आय बढाउने कार्यक्रम सन्चालन गर्ने उनको भनाई छ ।

    सिप सिकेर आत्मनिर्भर बन्न चहानेका लागि एक वडा एक सिप विकास केन्द्र सन्चालन गरि निशुल्क सिप सिकाउने व्यवस्था गर्ने उनले बताए । मेकिङ भानु बनाउने मुख्य उद्देश्य लिई स्वदेशी तथा बिदेशी लगानी जुटाएर नगरलाई पाँच वर्ष भित्र देशकै एक नम्बर नगरपालिका बनाउने उनले प्रतिबद्धता जनाए ।