मतदाता भेट्न बारीमै पुगे उपमेयर उम्मेदवार पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    मतदाता भेट्न बारीमै पुगे उपमेयर उम्मेदवार पौडेल

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७९, मंगलवार

    भानु । मौन अवधि सुरु हुने अन्तिम दिन भानु नगरपालिकाका उपमेयर उम्मेदवार श्रीराम पौडेल मतदाता भेटघाटमा व्यस्त छन् । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएपछि पौडेल मतदाता भेटघाटको अन्तिम कसरतमा छन् ।

    पौडेल घर-घरमा पुगेरै मतदाता भेट्दै आफ्ना प्रतिबद्धता बुझाइरहेका छन्। घरदैलोका अलावा पौडेलले खेतबारीमै पुगेर पनि मतदाता भेटिरहेका छन् ।

    पौडेलले मंगलबार भानु नगरपालिका-५ स्थित बारीमै पुगेर मतदाता भेटेका छन् । उनले त्यसक्रममा बारी गोड्न समेत सहयोग पुर्याएका छन् । आफू पनि कृषक परिवारबाटै आएको बताउँदै पौडेलले कृषिलाई व्यावसायिकरण गर्न आवश्यक नीति बनाउने बताए ।