ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ । दुई सय ३७ को मतपरिणाम सार्वजनिक हुँदा एमालेका हरिराज कंडेलले ७४ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार मधु थापाले ९० मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले ६९ र उपाध्यक्ष उम्मेदवार गिनुमाया थापाले ९८ मत प्राप्त गरेका छन् ।
अध्यक्षका स्वतन्त्र उम्मेदवार श्रीराम आलेले ५१ मत प्राप्त गरेका छन् ।