म्याग्दे । म्याग्दे गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्वाचित भएका छन् । कार्यपालिका सदस्य चयनका लागि सोमबार भएको निर्वाचनबाट ६ जना सदस्यमा निर्वाचित भएका हुन् ।
कार्यपालिका सदस्यमा बद्रीका भट्टराई घिमिरे, चिनीमाया थापा, जानकी थापा, सीता कुमाल, थममाया विक र होम बहादुर नेपाली निर्वाचित भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत पुगेको छ । कार्यपालिकामा एमालेको अध्यक्ष सहित १५ र कांग्रेसको उपाध्यक्ष सहित २२ सदस्य पुगेको छ ।