वडाध्यक्ष श्रेष्ठको पहिलो निर्णय : प्रत्येक तीन महिनामा स्वास्थ्य शिविर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    वडाध्यक्ष श्रेष्ठको पहिलो निर्णय : प्रत्येक तीन महिनामा स्वास्थ्य शिविर

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०७९, सोमबार

    म्याग्दे । म्याग्दे गाउँपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले प्रत्येक तीन महिनामा स्वास्थ्य शिविर गर्ने निर्णय गरेर कार्यभार सम्हालेका छन् । श्रेष्ठले सोमबार पदभार ग्रहण गर्दै प्रत्येक तीन महिनामा वडाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर आयोजना गर्ने निर्णय गरेका हुन् ।

    ग्रामीण भेगका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले तीन/तीन महिनामा स्वास्थ्य शिविर गर्ने निर्णय गरिएको वडा सचिव लक्ष्मी अधिकारीले जानकारी दिइन् ।