पुर्कोट सेवा समाज कतारद्वारा आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    पुर्कोट सेवा समाज कतारद्वारा आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७९, मंगलवार

    दमौली । पुर्कोट सेवा समाज दोहा कतारले भानु नगरपालिकाका तीन जनालाई आर्थिक सहयोग गरेको छ। पुर्कोट घर भई कतारमा रहेका व्यक्तिहरुको संस्था पुर्कोट सेवा समाज दोहा कतारले तीन जनालाई २०/२० हजार सहयोग गरेको हो ।

    भानु-८ देउरालीटारका सुरेश श्रेष्ठ, सोही वडा मगरगाउँकी अन्जु थापा मगर र भानु-९ खहरेकी इशा श्रेष्ठलाई जनही २० हजारका दरले आर्थिक सहयोग गरेको संस्थाका सल्लाहकार रेशम तामाङले जानकारी दिए ।

    सुरेश श्रेष्ठ मुटुरोगी हुन् भने अन्जु थापा र इशा श्रेष्ठ मिर्गौला पीडित हुन् । पुर्कोट सेवा समाज दोहा कतारले जिल्लाका विपन्न वर्गलाई सहयोग गर्दै आइरहेको छ ।