वर्षाले पुलको पर्खाल भत्किदा यातायात अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    वर्षाले पुलको पर्खाल भत्किदा यातायात अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०७९, सोमबार

    भानु । आइतबार रातिदेखि परेको वर्षाका कारण तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलको पर्खाल भत्किएको छ । निरन्तर परेको वर्षाका कारण चुँदीखोलामा आएको बाढीले पुलको पर्खाल भत्काएको हो ।

    भानु–२ तिरको पुलको पर्खाल भत्किँदा यातायात अवरुद्ध भएको छ । वर्षा नरोकिञ्जेल वाल मर्मत हुन नसक्ने भएकाले यातायात सञ्चालनमा कठिनाई देखिएको स्थानीयवासीले जनाएका छन् ।

    तस्वीर : राजेश कार्की