स्थानीय तहको निर्वाचन हुन्छ कि हुदैन भन्ने संशयका वीचमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनले एउटा आकार ग्रहण गरेको छ भने देशमा सुशासनको एउटा स्वरुप देखा परेको छ । यो सँगै अव देशमा प्रदेश तथा संघिय सरकारको चुनावमा सरकार जुटेको छ । यसले सकारात्मक संदेश प्रवाह गरेको छ । यो सँगै गएको स्थानिय तहको निर्वाचनले जनताले दिएको संदेशले अवको नेपालको राजनिती कता मोडिने हो भन्ने संशय समेत पैदा गरेको छ । आम रुपमा वितृष्णा जागेको नेपालको राजनितीमा स्वतन्त्र उम्मेदवारले पनि देशको महत्वपुर्ण स्थानमा देखिएको विजयीले अवका जनता परिवर्तन चाहन्छन भन्ने कुराको संकेत गरेको छ भने नेपालको राजनैतिक दलहरुलाई समेत जनताहरु सचेत भईसेकका छन् भन्ने प्रमाणित गरेको छ । यसैले पनि अहिलेको स्थानिय तहको निर्वाचन विशेष रहेको छ ।
विशेष गरि काठमाण्डौ महानगरपालिका, पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको विजयी सँगै नेपालको राजनितीमा जनता कसैका गुलामी हैनन भन्ने पुष्टि गरेको छ । नेपालको राजनैतिक दलहरुको घमण्ड तोडिएको छ । यो सँगै नेपालको राजनैतिक दलहरुको औचित्यमाथी पनि प्रश्न चिन्ह खडा भएको छ । दलिय राजनैतिक व्यवस्थामा यो घातक पक्ष हो । यसको निर्मम समिक्षा नेपालको राजनैतिक दलहरुले गर्लान कि नगर्लान यो छुट्टै पाटो हो, तर यसले नैतिक दवाव भने सिर्जना गरेको छ । जुन नेपालको सन्र्दभमा अत्यावश्यक पनि थियो ।
काठमाण्डौ महानगरपािलकामा नेकपा एमालेले स्थापित लाई उम्मेदवार वनाउँदा आफनो जित सुनिश्चित गरेको थियो भने स्थापितको वलमिच्याई र घमण्ड पनि सह्यै थिएन । यो सँगै नेकपा एमालेले महानगरको मेयरको टिकट दिईरहदाँ विगत र वर्तमानका साथै आम जनता के चाहन्छन भन्ने हेक्का समेत राखेको पाईएन । ०५४ सालमा महानगरपालिकाको मेयर भईसकेको स्थािपत २५ वर्ष पछि पुन एमालेले स्थापितलाई नै टिकट दिनु भनेको गम्भिर जनताप्रतिको धोका शिवाय हुन सक्दैन । किनकि यो पच्चिस वर्षमा जन्मेको वच्चा स्थानिय तहको निर्वाचनमा वडा अथवा अन्य तहमा प्रमुखमा दावी गर्न हैसियत राख्न सक्ने समय हो, यति धेरै समयको अन्तरमा पनि पनि स्थापितलाई नै चुनावमा उठाएर नेकपा एमालेले दम्भ प्रस्तुत गरयो भने स्थापितले आफनो घमण्ड प्रस्तुत गरयो । जुन अवको सन्र्दभमा नेपालको राजनितीको केन्द्रभागमा रहेको काठमाण्डौवासीले तिरस्कार गरिदियो । जसका कारण वालेनको जन्म भयो । यसले पनि आम जनता कसैको पनि दास होईन भन्ने पुष्टि गर्यो । स्थापितको ठाँउमा एमालेको अन्य उम्मेदवार भएको भए, काठमाण्डौ जस्तो स्थानमा एमाले हार्नु पर्ने थिएन । वडा र उपमेयरमा फराकिलो मतान्तर सहित विजयी भईरहँदा मेयरमा लज्जास्पद हारले नेपालका राजनैतिक दलहरु सिक्नु पर्ने विषय जर्वजस्त स्थापित भएको छ । एउटा सधै एउटै व्यक्तिलाई जिम्मेवारी पाच्य हुदैन, अर्को जनतालाई मुर्ख सोच्नु गलत हुन सक्दछ ।
गठवन्धन दलहरुले पोखरा महानगरपालिकामा नेकपा समाजवादीवादीवाट धनराज आचार्यलाई टिकट दिएपनि नेकपा एमालेका कृष्ण थापाले नै जित्ने प्रक्षेपण गरिएको थियो । त्यो दावी झुटो वनिदियो । प्रदेश सभा सदस्य समेत रहेको कृष्ण थापा यस अघि पनि एमालेका तर्फवाट मेयर वनिसकेका हुन् । भईरहेका प्रदेश सभा सदस्य रहेका कृष्ण थापालाई राजिनामा गराएर मेयरमा उठाउनु गम्भिर गल्ति हो । जसका कारण नेकपा एमालेलाई प्रत्युत्पादक वनिदियो । पटक पटक एउटै व्यक्तिको अधिनमा आम जनता रहन चाहदैन भन्ने कुरा पोखरा महानगरपालिकाले पनि पुष्टि गरिदियो । उपमेयर र वडाध्यक्षमा उल्लेख्य जित हासिल गरेको एमालेले कृष्ण थापालाई दोह्रयाएर गम्भिर गल्ति गरयो । यो सँगै नेकपा एमालेका लागी अर्को पक्ष भनेको यस अगाडीको मेयर पनि एमालेको नै थियो । घात अन्र्तघातको समिक्षा गौण हुन् । किनकी कसैले पटक पटक अवसर पाउने, कसैले नपाउनुको वीचमा घात, अन्र्तघात स्वाभाविक वनिदियो । जुन घात प्रतिघातले अगामी निर्वाचनमा राजनैतिक दलका नेतृत्वले टिकट वितरणमा गम्भिर ध्यान दिनुपर्दछ भन्ने पाठ सिकाईदियो । धनराज आर्चायको उदयले जनता राजनैतिक दल र चिन्हमा होईन, ईमान्दारिता र कर्ममा विश्वास गर्द भन्ने पुष्टि गरिदियो ।
स्थानीय तहको निर्वाचनवाट जर्वजस्त उदाएका पात्र हुन्, हर्कराज राई । धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि नेपालको राजनितीमा उदाएका पात्र हर्कराज राईको तुलना अन्य नेपालको राजनितीकर्मी सँग हुन सक्दैन । विना तामझाम र राजनैतिक दलविना पनि नेतृत्वमा आउन सकिन्छ भन्ने उदारहण वनेका छन्, हर्कराज । यसअघि विभिन्न समाजिक संघमा आवद्ध भएर स्वतन्त्र नागरिकको हैसियतमा जनताको आवाज वोलेका हर्कराज अव आफै जनताको समस्या समाधान गर्ने ठाँउमा पुगेका छन् । शुसुप्त अवस्थावाट यहाँ आईपुगेका राईमाथीको धराने जनताको विश्वासको भारीले उसको सफलताको मापन गर्नेछ । जनताको विश्वासलाई नै सर्वेसर्वा ठानेका हर्कराज राईमाथी जनताको साथ समर्थनले पनि उसको सफलताको मापनलाई निर्धारण गर्दछ । उसको उदयले पनि नेपालको राजनितीमा नेतृत्वमा स्थापित हुनका लागी राजनिती नै गर्नपर्दछ भन्ने मान्यतालाई विस्थापित गरिदिएको छ ।
नेपालको राजनीतिमा सधै केन्द्रभागमा रहेको भरतपुर महानगरपालिका स्थानीय तहको निर्वाचनमा ध्यान केन्द्रित बनिदियाे । प्रचण्डको पुत्री मेयरको दावेदार रहेको र विशेष गरि प्रचण्डको पनि जोडवल रहेको भरतपुर महानगरपालिकाले आम देशको नै ध्यान खिचेको थियो । नेपाली काग्रेसका चर्को असन्तुष्टि र वागी उम्मेदवार पनि परेको सन्र्दभमा नेकपा एमालेको उम्मेदवारले जित्ने आँकलन गरेको भरतपुर महानगरपालिका पुन रेणु दाहालको जितेपछि नयाँ ढंगवाट यसको विश्लेषण शुरु भएको छ । रेणु दाहाल प्रचण्ड पुत्री मात्र होईन असल प्रशासक पनि हो भन्ने पुर्नपुष्टि भएको छ । देशभर पुन उम्मेदवारहरुले लज्जास्पद हार वेहोरिरहँदा रेणु दाहालले भने फराकिलो मतान्तर सहित विजयी हासिले गर्नु भनेको उसले गरेको काम नै हो भन्ने पुष्टि भएको छ । यसले गर्दा नेताको आर्शिवाद एउटा र कर्म वीचमा फरक हुन्छ भन्ने पुष्टि भएको छ । जुन रेणुले पुननिर्वाचित भएर प्रमाणित गरेका छन् ।