चितवनको टोपे खोलामा फेरि पहिरो, सडक अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनको टोपे खोलामा फेरि पहिरो, सडक अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०७९, शुक्रबार

    चितवन । नारायणगढ मुग्लिन सडकको टोपे खोलामा शुक्रबार राति फेरि पहिरो खसेपछि दुईतर्फी रुपमा बाटो अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार अविरल वर्षाका कारण जिल्लाको इच्छाकामना गाउँपालिका ६ मा पर्ने टोपे खोलामा शुक्रबार राति ९ बजे पुन: पहिरो झर्दा बाटो अवरुद्ध भएको छ ।

    प्रहरी टोली खटिए पनि तत्काल पहिरो पन्छाउन सक्ने अवस्था नरहेको डिएसपी अधिकारीले बताए । 

    उनले भने, ‘पहिरोस्थलमा ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षको टोली खटी गए पनि वर्षातको कारण तत्काल पहिरो पन्छाउन सकिने अवस्था छैन ।’