ऑबुखैरेनी । तनहुँको ऑबुखैरेनी गाउँपालिकाले क्यान्सरका विरामीलाई ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले क्यान्सरका विरामीलाई उपचारमा सहयोग गर्न ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
साथै पालिका सरकार, निजी क्षेत्र र आम जनसमुदायको सहकार्यमा उपचार कोष खडा गरी ठूलो धनराशी खर्च हुने विरामीलाई सहयोग गर्ने लक्ष्य राखिएको अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘यो अभियानमा सबैको सहयोगको अपेक्षा राखेका छौ,’ उनले भने ।