पछिल्लो समय गठवन्धन शव्दको प्रयोग ह्वात्तै वढेको छ । एकभन्दा वढि राजनैतिक दलको सहकार्यलाई नै गठवन्धन भनिएको हुनुपर्दछ । सहकार्य र सहमति आफैमा सकारात्मक शव्द भएता पनि गठवन्धनको उद्येश्य भने फरक फरक पाईन्छ । गठजोड र गठवन्धनको परिभाषा अहिले आएर अनुकुलतामा प्रयोग हुन थालेपछि यसको औचित्यमाथी नै प्रश्नचिन्ह खडा भएको छ । फरक विचारधारा वोकेको राजनैतिक शक्ति वा विचारकका विचमा जव गठजोड अर्थात गठवन्धन हुन्छ, तव गठवन्धनको औचित्यमाथी प्रश्नचिन्ह खडा हुन्छ । यहि सन्र्दभमा फरक विचार वोकेका समुह अथवा राजनैतिक दल जव गठवन्धनका नाममा एकताका नाटक मंचन हुन्छन्, त्यहाँ केवल स्वार्थ, शक्ति र सत्ता केन्द्रित मात्र हुन्छ, अनुकुलतामात्र हावी हुन्छ ।
नेपालको सन्र्दभमा नियाल्ने हो भने गठवन्धनको नारा पनि यहि स्वार्थ केन्द्रित रणनिती आर्कषित भएको पाईन्छ । जतावाट पनि अनुकुल र जित्नका लागी गरिने गठवन्धनले समाज र जनतालाई न्याय दिन सक्दैन, त्यो पटक पटक पुष्टि भएको छ र हुने पनि यही नै हो । यति सत्यता भईरहँदा पनि गठवन्धनका नाममा गरिने तिकडमका लागी प्रेरित भईरहने भनेको सिमित नेतालाई शक्ति र सत्तामा पुरयाउने भरयाङ्ग शिवाय केही होईन । विचारमा एकरुपता, विचारमा प्रष्टता र समाज र जनतालाई दिर्घकालिन सकारात्मक पक्षको उठानका लागी गठवन्धन आफैमा सुन्दर पक्ष हो । तर नेपालको राजनैतिक दलहरुको गठवन्धनको नारा यो सँग कदापी मेल खाँदैन । नितान्त फरक विचार, दृष्टिकोण, विचार, कार्यदिशा र संघर्षको चरणमा पुर्ण रुपमा मेल नखाने शक्तिहरु पनि गठवन्धनका नाममा गरिने हत्कण्डा भनेको जनतालाई मुर्ख वनाउने दुश्चक्र शिवाय केही होईन । गठवन्धनका नाममा चुनावी प्राविधिक जित हासिल गर्ने र शासन सत्तामा रहिरहने चक्र नै अहिले गठवन्धनको मुख्य उद्येश्य हो । जव विचारमा समानता हुदैन, रणनिती हुन्छ, समाज र देशलाई हेर्ने दृष्टिकोणमा असमानताको खाडल हुन्छ, त्यस्तो राजनैतिक दलको कार्यनितीक गठवन्धनले देश र जनतलाई धोका शिवाय केही दिदैन । नेपालको सन्र्दभमा भएको गठवन्धन यहि हो । यसले सिमित नेता र कार्यकर्तालाई लाभ वाहेक जनहितमा केही गर्न सक्दैन । किनकी विचारको कार्यन्वयन समानतामा हुन्छ, जव फरक हुन्छ, विचार र दर्शनको कार्यनितीमा विरोधाभास उत्पन्न हुन्छ, त्यसपछि त्यसले पुर्णता पाउन सक्दैन ।
अहिलेको राजनैतिक दलहरुलाई नियाल्ने हो भने गठवन्धनमा आवद्ध राजनैतिक शक्तिहरु को समाज र परिवर्र्तनलाई हेर्न दृष्टिकोणमा व्यापक असमानता पाउन सकिन्छ । नेकपा माओवादी कम्युनिष्ट विचारधारालाई अवलम्वन गर्दछ । माक्र्सवाद, लेनिनवादलाई आफनो प्रणेता मान्दछ । भोलिको विश्व र नेपाललाई हेर्ने दृष्टिकोणमा साम्यवादको परिकल्पना गर्दछ भने नेपाली काग्रेस प्रजातन्त्रमा विश्वास गर्दछ । लोकतन्त्रलाई मुल मन्त्र ठान्दछ । पुँजीवादी अर्थव्यवस्थालाई प्रशय दिन्छ, जुन माओवादीले सवैभन्दा वर्गशत्रु देख्दछ । यी दुईको मुख्य राजनैतिक अभिष्ट भनेको गठवन्धन गरेर शक्ति र सत्तामा पुगेर राज्यसत्ताको दोहन गर्ने । जव गठवन्धनवाट जित हुन्छ । सरकारमा वसेर आफनो योजना लागु गर्न सक्दछ । एउटा राजनैतिक शक्ति आफनो विचारको पृष्ठपोषण गर्न लाग्दछ भने अर्को शक्ति आफनो पृष्ठपोषण गर्न । विचार र दृष्टिकोण नै अलग भईसेकपछि चुनावी घोषणापत्र र प्रतिवद्धता त कागजी हात्ती मात्र । नेपालको सन्र्दभमा भएको यत्ति हो । गठवन्धनको अर्को घटक नेकपा समाजवादी । नेकपा एमालेवाट विचार, दृष्टिकोणमा समान भएता पनि पद र शक्तिका लागी विभाजित घटक । जुन छर्लङ्ग देखिएको तथ्य हो । विचारमा समान हुँदा पनि फुट भनेको शक्तिको भोक शिवाय केही होईन, नेकपा एमाजवादी, त्यही शक्ति शक्ति हो । जो कम्युनिष्ट भईकन पनि यथास्थितीवादी शक्ति नेपाली काग्रेससँग सहकार्य गरेर नेकपा एमाले, त्यसमाथी पनि ओलीलाई देखाईदिन चाहन्छ । यहि शक्तिहरुको गठजोड हो, गठवन्धन । यस्ता गठवन्धनले के देश र जनतालाई हित गर्ला ? समाज परिवर्तनमा भुमिका खेल्ला, जनवाद र साम्यवादको रेखा कोर्ला ? किमार्थ सम्भव छैन । यति धेरै प्रष्ठ हुदाँ हुदै पनि नेताको पछाडी लागेर गठवन्धनको नारामा नारिनु भनेको मुर्खता शिवाय केही होईन । यहि मुर्खतामा नै हामीले हाम्रो भविश्य खोजिरहेका छौ ।
प्रजातन्त्रको स्थापना पछि देशमा धेरै शासकले देशमा शासन गरे । दशकौ वित्दा पनि विश्वको प्रविधीले घिसार्नु शिवाय नेपालमा उल्लेखनिय विकास हुन सकेन । यसको निर्मम समिक्षा हुनु आवश्यक छ । परिवर्तन अवश्यभावी छ । यो निरन्तरतको पक्रियो हो । तर यसको गति भने हुन सकेन । यसको एउटै अर्थ हो । देशमा दुरगामी नेतृत्वको नेतृत्व भएन । शासन सत्ता र सरकार चलाउनु मात्र ठुलो कुरो होईन, शासन सत्तामा पुगेपछि देश र जनतामा परिवर्तन भयो कि भएन भन्ने कुरो मुख्य कुरो हो । यो विषयमा कोही पनि राजनैतिक दल र नेतृत्वहरु गम्भिर देखिएन । केही देखिए, तर अन्य राजनैतिक दल र नेतृत्वको जालझेल र कुदृष्टिलाई चिर्न सकेनन र पतन भएर गए ।
जितका लागी गठवन्धन, तर त्यो जितका मुख्य उद्येश्य के हुनुपर्दथ्यो ? त्यो उद्येश्य पुरा भयो कि भएन ? आम जनता र समाज के चाहन्छ ? त्यो सोच्ने यी जितकारीको ल्याकत नै छैन किनकी सवैको अभिष्ट एउटै हो, शासनसत्ता सम्हाल्ने र शक्ति देखाउने, त्यसैको नाममा लुट मच्चाउने । जितलाई नै समृद्ध देख्नेहरुको सोचले गठवन्धनलाई प्रशय दिईरहयो । त्यसैको प्रहसन विगतमा पनि भए र अव पनि निरन्तर हुनेछ । नेपालको सन्र्दभमा सवैभन्दा घातक पक्ष भनेको गठवन्धन नै हो । जसले समृद्ध नेपाल निर्माणमा अवरुद्ध गरेको छ । प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्न नसक्नेहरुको सवैभन्दा प्रिय वनेको छ, गठवन्धन ।
जुनसुकै विचारधाराले पनि भन्छ, हरेक वस्तुको उपादेयता पनि निश्चित समयका लागी मात्र हुन्छ् । नकि सधैका लागी । जुन गएको स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले पनि यो पुष्टि गरेको छ । गठवन्धनका नारा र नेताको अभिष्ट पनि अव लामो समय रहन सक्दैन, किनकी यो सांसरिक नियम नै हो । गठवन्धनका नाममा जितेर पुन शक्तिमा पुग्ने आशाले अव थेग्न सक्दैन । जनताको समृद्ध र देशको परिवर्तन नै अवको लक्ष्य हो । यो भन्दा वाहिर गएर कोही अगाडी वढ्छ भने त्यो मिथ्या मात्र हुनेछ । आफनै वलवुता र विचारले नै देशलाई समृद्ध र विकसित वनाउन भुमिका खेल्दछ । नत्र अवको दिनमा हजारौ हर्कराज राईहरु जन्मनेछन् । जसले नेपाललाई समृद्ध वनाउने सपना देखेका छन् ।