१६ घण्टापछि डुम्रे–वेशीशहर सडकखण्ड सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    १६ घण्टापछि डुम्रे–वेशीशहर सडकखण्ड सुचारु

    खबरपुञ्ज संवाददाता

    ४ असार २०७९, आईतवार

    भानु । अविरल वर्षाका कारण सडक भासिँदा अवरुद्ध भएको डुम्रे–वेशीशहर सडकखण्ड १६ घण्टापछि सुुचारु भएको छ । भानु नगरपालिका–८ स्थित बलिफाँटमा आइतबार बिहान ३ बजे सडक भासिँदा अवरुद्ध भएको सडकखण्ड साँझ ६ बजेबाट सञ्चालनमा आएको हो ।

    सडक भासिएको ठाउँमा ह्युमपाइप राखेर यातायात सञ्चालन गराइएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। सडक अवरुद्ध हुँदा साना सवारी साधन भने वैकल्पिक मार्गबाट पठाइएको थियो ।