भानु । केही दिनदेखि परेको अविरल वर्षाका कारण तनहुँको भानु नगरपालिकामा एक घर भत्किएको छ । भानु नगरपालिका–१३ का सीता पौडेलको घर अविरल वर्षाका कारण भत्किएको हो ।
घरको बाहिरपट्टिकाे भाग भत्किएको स्थानीय सङ्गम सुमिर पियाले जानकारी दिए। भत्किएको ठाउँमा वर्षाले थप क्षति नहोस् भन्नका लागि पालले छोपिएको छ । भत्किएको घरको पुनर्निर्माणका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको छ ।
विगत केही दिनदेखि परेको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा सडक, कुलो, खानेपानी लगायतमा क्षति पु¥याएको छ ।