बाढीको कटान तटबन्धन गर्न बजेट विनियोजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीको कटान तटबन्धन गर्न बजेट विनियोजन

    खबरपुञ्ज संवाददाता

    ७ असार २०७९, बुधबार

    दमाैली । तनहुँको भानु नगरपालिका–११ स्थित ढाडखोलाको कटानबाट जोखिममा परेका वस्तीमा तटबन्धन गर्न बजेट विनियोजन भएको छ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पहलमा बाढीबाट जोखिममा परेका वस्ती संरक्षणका लागि रु ३० लाख बजेट विनियोजन भएको हो ।

    गत हप्ता आएको बाढीबाट क्षति भएका संरचनाको निरीक्षण गर्दै सोमबार वरिष्ठ नेता पौडेलले अल्पकालिन राहत हुने गरी तटबन्धनका लागि बजेट व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । पौडेलले तत्कालै उर्जा, जलस्रोत, सिंचाईमन्त्री पम्फा भुषाललाई टेलिफोन गरी तटबन्धनका लागि तत्कालै बजेट व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

    बाढीले स्याउदे खोलाको नवनिर्मित पुल, सवादीखोलाले कजवे समेत बगाएको छ ।