सपनाको अवसान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    सपनाको अवसान

    विवि श्रेष्ठ

    ८ असार २०७९, बिहीबार

    सडकको सम्मुखमा पातीले वारिएको कटेरा, सुनसान वस्ती, जमघटका लागी पनि असम्भव, त्यही कुटीको विचमा असंख्य सपनाका वाढीहरु । नयनको त्यो मृगतृष्णाको पर्खाई पनि कति कति । लाग्दथ्यो, यहि सपनाको वीचमा आशाको लाखौ त्यान्द्रोहरु । प्रस्फुटनका लागी उकुशमुकुश, त्यो उकुशमुकुश वुझन सानो प्रयासमा सम्भावना विहिन । लाग्दथ्यो, यहि सपनाको झाडीमा फुलेका फुलहरुले अकार ग्रहण गर्ला कि नगर्लान ? मनभित्रको व्यथामा यो पापी समय सधै अवरोधक वनिदियो । चाहना र आकांक्षाको भुमरीमा तैरिन खोज्ने सपनाहरु क्षितिजमा रहेता पनि प्राप्तीको माध्याम अनिश्चित वनिदिदाँ मनभित्रका ज्याराभाटाहरु कयौ दिन रात दन्किरह्यो । चुनौती र सम्भावनाका वीचमा आउने अवरोधहरु मस्तिष्कमा प्राप्तीका कल्पनाहरु अनगिन्ती रहे । समान्य विषयवस्तु तर समाजको अगाडी देखाउनुपर्ने वाध्यतामा ओत्न नसकेका पानीको थोपाले चुहिरहेको कुटी भित्र पनि नयनको स्पन्दनमा सधै तारन्तार आईरह््यो । कुनै दिन त प्राप्ती अवश्य नै हुनेछ । सोचमा यहि खेल्नुको विकल्पमा अन्य रहेन ।

    पुरातनवादी समाज, सोचको वन्धकता भित्रको तानाशाही आत्माहरु, अर्धचेत भएता पनि घमण्डको राजा । यहि भित्रको दास मानसिकतामा विवश हुनु वाहेक अन्य विकल्प थिएन । समाज उहि, व्यक्तिको चेतना उहि, तर दम्भ पनि उहि, यहि भित्र हुर्केको असंख्य सपनाको महलहरु जन्मन नपाउदै तुहिने पो हो कि भन्ने, उत्कष्ट चिन्ता । समय वित्यो, त्यहिको निरन्तरता र भगवान लाई धिकार्नु र कर्मको खोट देखेर कल्पना र सपनामा फेरि पनि सपना देख्नुको विकल्पहीन यात्रा ।

    भगवानमा पनि दया पलाएछ क्यारे, कर्मले पनि ओत ढाकेछ क्यारे, वरपरको हरियालीले पनि आनन्दीत भएर खुशीयाली दिएझै । वरपरको धानका वाला पनि झुलिरहेछ । झाडीभित्रका फुलहरुले पनि सुगन्ध दिईरहेछ । संसारको सवै खुशीहरु पनि आफनै काखमा आएजस्तो । वर्षेदेखिको सपनाले सार्थकता पाएको वेला, तर पनि मुख्य कारक सँगै नुहदाँ र विश्वास नहुदाँ पनि कहि कतै खल्लो भएजस्तो । तर त्यो प्राथमिकतामा परेन । किनकी वर्षोदेखिको सपनाले धर्तिमा विराजमान भएछ । खुशीको कुनै सिमा नै छैन । लाग्दछ, यो धर्तिमा म जतिको खुशी कोही छैन, किनकी आज मैले जीवन पाएको छु, सम्पुर्ण चीज पाएको छु । मेरो मुटुको टुक्रा पाएको छ । अव मैले जितेको छु । यहि नै मेरो वाँच्ने आधार, यहि नै जीवन । धर्तिमा आगमन सँगै सवै खुशी, लाग्दथ्यो, सवै खुशी होलान्, त्यो निश्चल मस्तिष्कमा यहि मात्र छाईरह््यो । सोचको एकाकारले सवैलाई त्यसैमा केन्द्रित वनिदियो । जुन उसले वर्षोदेखिको सपना देखेको थियो, जुन उसको काखमा अन्योन्याश्रित वनेर हेरिरहेको थियो । वातावरण प्रतिकुलता रहँदा आँखामा छल्किएको त्यो आँशु भन्दा लाखौ गुणा वढि त्यो सपनाको आँखावाट वगिरहेको थियो ।

    आरोह, अवरोह, अभाव, आक्रोश, ज्यादती समान्य लाग्ने । किनकी आज उसले सवै पाएको छ । जीवनको उत्तराद्र्धमा सवै खुशी दिनेछ । संसार जितेर पुन काखमा हालिदिनेछ । सवै मेरा वरपर घुम्नेछ । संसारमा प्रसिद्धी कमाउनेछ । सोच पनि कति कति । जसको व्याख्यता त्यही सपनाको जननीले अन्तरआत्मामा मात्र गर्न सक्ला । सायद यहि सपना सवैमा रहला कि कमैमा मात्र ? प्रश्न अनुग्रहित वनिदियो । पातीले वारिएका चुहिने कटेरा पनि महल झै लाग्ने । खुशीले खुट्टा नै भुईमा नै नरहे झै । हिजोका अतितहरु आज स्वागत गरिरहेका जस्तै । त्यहि ताते तातेमा साटीएका खुशीहरु नै जीवनको सवैभन्दा महत्वपुर्ण पलहरु वने क्यारे । वकिएका वोलिहरु नै सवैभन्दा सुन्दर ध्वनि वने क्यारे । जीवनका सवैभन्दा सुन्दर पल पनि त्यहि अवोधतामा प्राप्त भए क्यारे । वर्षोदेखि हेपिएका, गुम्सिएका सम्पुर्ण पीडाहरु एकाएक खुशीका वाढीहरु वने क्यारे । अवका जीवन नै आफनो नभए जस्तो । सम्पुर्णता नै त्यहि सपनामा विलिन भएजस्तो । वाँचेको छ केवल त्यहि जीवनका लागी, खुशीका लागी । अव विस्तारै सम्पुर्ण देखिएका सपनाहरु साकार हुनेछन् । खुशीहरु एक पछि अर्को हुदै आसिन हुनेछन् । प्रसिद्धीले शिखर चुम्नेछ । धर्ति नै वल्नेछ । त्यही भित्र हिजोका सम्पुर्ण पीडाहरु पुरिनेछन र नयाँ पलुवा जन्मनेछ ।

    समयको निरन्तरताको उपज हो वा मानसिकताका दिवास्वप्न । चेतनाको कमी होस, वा खुशीको उन्माद । खुशीको पनि निश्चित मात्रा हुन्छ, सायद त्यो नै सत्यता होला । विश्वासको पनि सिमा होलान् । त्यसको मापनतामा चेतनाको कमी । मानव जीवनको सवैभन्दा ठुलो भुल यहि हुनुपर्दछ । त्यही भुलभित्र सपना देख्नेहरुको वेग्रल्ती भीडले संसार नै ढाकेका छन् । त्यहि ढाकेका संसार भित्र सम्हालिन सक्नेहरु नियमन भित्र परे, अरु सवै अफसोच ।

    अन्तत्वगोत्व, उहि निरन्तरता मात्र । सपना देख्नु, कल्पना गर्नु व्यक्ति वा जीवितताको अधिकार भएता पनि त्यसको आवश्यकीय मात्रामा रहनु नसक्नु नै जीवनको मुख्य भुल हो क्यारे ! त्यहि भुलमा अभ्यस्त वनेर वाँच्न लालयीत वनिरहेका छन् । सपनाको फुलहरु सजाईरहँदा, त्यो फुल फुलेर कोपिला हुदै, सुगन्धित भईरहँदा त्यो मनोकांक्षा त्यो वृक्षले कति प्राप्त ग¥यो होला ? त्यो सपनाको जननीले प्राप्तिको आनन्दीमा कति आभास ग¥यो होला ? त्यसको वोध त्यो जननीले ग¥यो कि गरेन होला ? खुशीको चाङ्गमा टेकेर अन्य खुशीको चाहना ग¥यो कि त्यसमा नै आत्मरित ग¥यो होला ?

    साँच्चै त्यो अमुक आत्माभित्र यो भौतिकवाद सधै अवरोधक वन्छ, क्यारे ? निश्चल त्यो सोचभित्र पनि यहि भौतिकता हावी हुन्छ क्यारे ? जसले सधै सुन्दर सपनाको अवसान वनिदिन्छ क्यारे ? आत्माको पुकार र चाहनामा भौतिकवाद भएता पनि आत्मा सुगमता सधै अमर रहन्छ क्यारे । आत्मा भित्रको सोच र सपना गर्भ हुदै धर्तिमा र वालापन हुदै वयस्क सम्म आईपुग्दा कति जननीहरुको आत्माले शान्ति पायो होला ? सपनाको त्यो महल कति पुरा भए होलान ? ती जननीहरुको सोच नै गलत होला कि हाम्रो सोच ? सोच्ने अधिकार सवैमा भएता पनि सोचको सार्थकता भित्रको आत्माको पुकारले कति न्याय पायो होला ? आत्माको पुकार धर्तिमा पर्दापण हुदै पाएको खुशीको आलिङ्गन धर्तिमा विलिन हुने अन्तिम पलमा देखिएको त्यो नयन भित्र विलिन भयो कि नाई ?

    साँच्चै सोचको विविधता भित्र हराउनु नै निश्चल आत्माको पुकार होला । धर्तिमा अवतरण पाश्चातको घटनाक्रम त्यो निश्चल आत्माको पुकारको अवरोधक मात्र रहेछ, जसलाई हामीले जीवनको सवैभन्दा महत्वपुर्ण पक्ष ठानेर अनवरत रुपमा वोकेर हिडिरहेका छौ । साँच्चै प्रकृतिको यो अनुपम छटालाई वुझन सकिएमा त्यो सपनाको अवसान हुन्थेन कि ?