बन्दीपुरमा दश दिनदेखि वेवारिसे सुत्केरीलाई श्रीमानको जिम्मा लगाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा दश दिनदेखि वेवारिसे सुत्केरीलाई श्रीमानको जिम्मा लगाइयो

    खबरपुञ्ज संवाददाता

    १३ असार २०७९, मंगलवार

    बन्दीपुर । बन्दीपुर गाउँपालिका-५ बाट वेवारिसे अवस्थामा उद्धार गरी सुत्केरी गराइएकी एक महिलालाई दश दिनपछि श्रीमानको जिम्मा लगाइएको छ । गर्भवती अवस्थामा उद्धार गरी छोरा जन्माएकी दिलमाया मोक्तानलाई मंगलबार श्रीमानको जिम्मा लगाइएको हो ।

    बन्दीपुर अस्पतालमा रहेकी उनलाई गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको रोहवरमा श्रीमान खड्गबहादुर दमाईको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । सबुद प्रमाण सहित श्रीमती भएको भनी दावी गर्न आएपछि ती महिलालाई जिम्मा लगाइएको हो ।