‘नेपाली साहित्यमा आदिकवि भानुभक्तको योगदान’ विषयक वक्तृत्वकलामा मियाँ प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    ‘नेपाली साहित्यमा आदिकवि भानुभक्तको योगदान’ विषयक वक्तृत्वकलामा मियाँ प्रथम

    खबरपुञ्ज संवाददाता

    १३ असार २०७९, मंगलवार

    भानु । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा भानु नगरपालिका–१३ स्थित जनसहयोगी माध्यमिक विद्यालयका रसिदा मियाँ प्रथम भएकी छन् ।

    भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले मङ्गलबार आयोजना गरेको प्रतियोगितामा मियाँ प्रथम हुन सफल भएकी हुन् ।

    ‘नेपाली साहित्यमा आदिकवि भानुभक्तको योगदान’ विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा भानु–१० स्थित जनजागृती माविका आन्ना तामाङ द्वितीय, भानु–११ स्थित राष्ट्रिय माविकी स्मृति थापा तृतीय र भानु–९ स्थित कर्मदा माविकी सविना भट्टराई सान्त्वना भएकी छन् ।

    विजयी विद्यार्थीलाई भानु जयन्तीको अवसरमा असार २९ गते आयोजना हुने कार्यक्रमका अवसरमा पुरस्कार वितरण गरिने शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिए ।