देउरालीमा जीपको ठक्करबाट दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देउरालीमा जीपको ठक्करबाट दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १३ असार २०७९, मंगलवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज साँझ जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको हो ।

    डुम्रेतर्फबाट दमौली आउँदै गरेको ग ३ च ४१८२ नम्बरको बोलेरो जीप र विपरित दिशाबाट जाँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका–१३ का २६ वर्षीय जयराम मोक्तान र भीमफेदी गाउँपालिका–१ निवासी २३ वर्षीय दिपेश गोले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। गम्भीर अवस्थामा उपचारका लागि दमौली ल्याइएका उनीहरु दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जीप र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।