पाठेघरमा काठको टुक्रा पसेकी बालिकालाई नेता पौडेलको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाठेघरमा काठको टुक्रा पसेकी बालिकालाई नेता पौडेलको सहयोग

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७९, बुधबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक सहयोग गरेका छन् । बुल्दीखाेलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि उपचाररत बालिकाको सहयोगार्थ पौडेलले बुधबार रु दश हजार आर्थिक सहयोग गरेका हुन् ।

    पोखरास्थित फिस्टेल अस्पतालमा उपचार गराइरहेकी बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएको जानकारी पाएपछि पौडेलले उक्त रकम पठाएका हुन् । नेपाली काङ्ग्रेसका युवा नेता देव रसाइलीमार्फत् पौडेलले ती बालिकाका परिवारलाई रकम पठाएका हुन् ।

    सोही वडाको बसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापाको खोलाले बगाउँदा गत असार २ पाठेघरमा काठको टुक्रा पसेको थियो । बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ ।

    बालिकाको उपचारार्थ आमा छुनुमाया थापाको नाममा एनएमबी बैङ्क लेकसाइड शाखामा खाता खोलिएको छ । सहयोग गर्न चाहनेले १४९०१८८२८५००००१९ खाता नम्बरमा सहयोग गर्न आग्रह गरिएको छ ।