खोलाले बगाएर घाइते बालिकाको उपचारमा व्यास नपाको ५० हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खोलाले बगाएर घाइते बालिकाको उपचारमा व्यास नपाको ५० हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७९, बुधबार

    दमाैली । खोलाले बगाएर घाइते तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि व्यास नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गत असार २ गते बुल्दीखोलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि उपचाररत बालिकाको सहयोगार्थ नगरपालिकाले रु ५० हजार आर्थिक सहयोग गरेको हो ।

    पोखरास्थित फिस्टेल अस्पतालमा उपचार गराइरहेकी बालिकाको शल्यक्रियाका लागि नगरपालिकाले उक्त आर्थिक सहयोग गरेको हो ।

    यसैगरी नगरपालिकाले व्यास नगरपालिका–४ स्थित वेदव्यास प्राविमा अध्ययनरत सात वर्षीय विप्लव परियारलाई पनि सहयोग गरेको छ । विद्यालयको खेलकुद क्रियाकलापमा सहभागी हुँदा गोडा भाँचिएर घाइते परियारलाई सहयोग गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । हाल विपद्जन्य घटना बढ्दै गइरहेकाले स्वयंम रहन र विपद्को घडीमा एक आपसमा सहयोगी भावनाले अगाडी बढ्न नगरप्रमुख न्यौपानेले आग्रह गरे ।

    सोही वडाको बसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापाको खोलाले बगाउँदा गत असार २ पाठेघरमा काठको टुक्रा पसेको थियो । बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ ।

    बालिकाको उपचारार्थ आमा छुनुमाया थापाको नाममा एनएमबी बैङ्क लेकसाइड शाखामा खाता खोलिएको छ । सहयोग गर्न चाहनेले १४९०१८८२८५००००१९ खाता नम्बरमा सहयोग गर्न आग्रह गरिएको छ ।