दमौली । तनहुँ अमेरिका समाजको अध्यक्षमा किरण पन्त चयन भएका छन् । तनहुँ घर भई अमेरिकामा बस्दै आएकाहरुको संस्थाको अधिवेशनबाट पन्तको अध्यक्षतामा नयॉ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
समाजको वरिष्ठ उपाध्यक्षमा कपिलशरण वाग्ले, महासचिवमा अनिल गोदार चयन भएका छन् ।