भिमाद । तनहुँको भिमाद नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । गत असार १० गते प्रस्तुत आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट तथा कार्यक्रम बिहीबार पारित भएको हो । बाह्रौ नगरसभाका अवसरमा उपप्रमुख शारदा खनालले उक्त बजेट प्रस्तुत गरेकी थिइन् ।
नगरसभाले आगामी वर्षका लागि रु ६६ करोड ३७ लाख १६ हजारको बजेट पारित गरेको छ । नगरप्रमुख दधिराज सुवेदीले आर्थिक विधेयक र विनियोजन विधेयक, २०७९ सर्वसम्मत पास भएको जानकारी दिए।
सो अवसरमा नगरपालिकाका उत्कृष्ट कर्मचारीलाई नगरप्रमुख सवेदी, उपप्रमुख खनालले पुरस्कृत गरेका थिए ।